देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

गोल्डस्टारको शोरुम अब मेलम्चिमा

0

सिन्धुपाल्चोक – नेपालीहरुको मन जित्न सफल स्वदेशी जुत्ता उत्पादक कंम्पनी गोल्डस्टारको शोरुम सिन्धुपाल्चोकको मेलम्ची बजारमा स्थापना भएको छ । गोल्डस्टारले आफ्नो सेवालाई विस्तार गर्दै पाँचपोखरी इन्टरप्राइजेज मार्फत जिल्लाको मेलम्ची बजारमा गोल्डस्टार ब्रान्डको जुत्ता शोरुम स्थापना गरेको हो ।

बढ्दो शहरीकरण,आधुनिक र प्रतिस्पर्धी बजारमा विभिन्न स्वदेशी तथा विदेशी जुत्ता कम्पनीहरु लाई पछि पार्दै जुत्ता पारखी को निम्ति गोल्डस्टारले विभिन्न मोडलका जुत्ता तथा चप्पल बजारमा ल्याएको हो । दशैं को विशेष छुट सहित लेडिज जेन्स दुबैका लागि ब्रान्डेट जुत्ता रहेको पाँचपोखरी इन्टरप्राइजेजका संचालक रबिन श्रेष्ठले जानकारी दिए ।

यो प्रतिस्पर्धाी बजारमा सस्तो ,बलियो र भरपर्दो नेपालमै उत्पादन गरिएको नेपाली ब्रान्ड गोल्डस्टारले मेलम्ची बासिको मन जित्नेकुरामा आफु विश्वस्त रहेको श्रेष्ठले बताए ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार