देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आज देखि परिक्षण उडान

0

काठमाडौं – भैरहवास्थित गौतमबुद्ध विमानस्थलमा आज क्यालिब्रेसन फ्लाइट (यान्त्रिक परीक्षण)  हुँदै छ ।

त्यसका लागि बिहीबार एरो थाई जहाज भैरहवा ल्यान्ड भइसकेको छ ।  उक्त जहाजले शुक्रबारदेखि यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) सुरु गर्ने विमानस्थल आयोजना प्रमुख इन्जिनियर प्रवेश अधिकारीले जानकारी दिए ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले त्यसका लागि आन्तरिक तयारी पूरा गरिसकेको छ । विमानस्थल निर्माणले पूर्णता पाएसँगै सञ्चालनका लागि ‘क्यालिब्रेसन फ्लाइट’ हुन लागेको हो ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार