देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

गौतम बुद्ध कप क्रिकेट प्रतियोगिता आज सुरु हुँदै

0

चितवन – गौतम बुद्ध कप क्रिकेट प्रतियोगिता आज (शनिबार) बाट चितवनमा सुरु हुँदैछ । भरतपुरस्थित निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदान अन्तर्गतको नमूना खेल मैदानमा प्रतियोगिता सुरु हुनेछन् ।

प्रतियोगितामा तीन टिम समावेश छन् । राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा रहेका खेलाडी सहित विभिन्न उमेर समूहका खेलाडी र चितवनका स्थानीय खेलाडीलाई टोलीमा समावेश गरिएको छ ।

सिंगल राउण्ड रोबिनका आधारमा सञ्चालन हुने प्रतियोगिताको उद्घाटन खेलमा आज बागमती र नारायणी टोलीबीच प्रतिस्पर्धा हुनेछ । बागमती ज्ञानेन्द्र मल्ल र नारायणी पारस खड्काको नेतृत्वमा रहेका टोली हुन् ।

हिजो मात्र कोरोना संक्रमण पुष्टि भएकाले पारसले भने प्रतियोगिता गुमाउने भएका छन् । पारसको अनुपस्थितीमा टोलीको कमानी सुवास खकुरेलले गर्नेछन् ।

दोस्रो दिन बागमती र राप्ती तथा अन्त्मि तेस्रो दिन राप्ती र नारायणी टिमबीच प्रतिस्पर्धा हुनेछ । शीर्ष स्थानको टिमले मंसिर ३० गते फाईनल खेल खेल्नेछन् ।

मैदानको पिच र मौसम अनुसार टी–ट्वान्टी ढाँचामा खेलाउन लागिएको प्रतियोगितालाई भरतपुर महानगरपालिकाले आर्थिक सहयोग गरेको हो ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार