देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

ग्यास तथा पेट्रोलियम पदार्थ आपूर्ति व्यवस्था मिलाउन आह्वान

0

(काठमाडौं) – नेपाल आयल निगम कर्मचारी संघले निगमका कर्मचारीलाई एकजुट भएर महामारीको समयमा आम उपभोक्तालाई सरल रुपमा सेवा प्रवाह गर्न आग्रह गरेको छ ।

शुक्रबार विज्ञप्ति जारी गर्दै संघले सबै कर्मचारीलाई उपभोक्ताको हकहितमा रहेर काम गर्न र आवश्यकतानुसार बजारमा ग्यास तथा पेट्रोलियम पदार्थको उपलब्धता नभएमा नेपाल सरकार तथा नेपाल आयल निगमले खटाएको जुनसुकै समयमा बजार अनुगमन तथा सुपरीवेक्षण गरी थप सहजता ल्याउने कार्यमा लाग्न अनुरोध गरेको छ ।

एलपी ग्यास तथा पेट्रोलियम पदार्थ जस्तो आमजनतासँग दैनिक रुपमा सरोकार राख्ने वस्तुको सहज र सरल आपूर्तिको व्यवस्था मिलाउनका लागि सबै निगमका कर्मचारीहरु एक जुट भई कार्य गर्नुपर्ने संघले जनाएको छ ।

संघका अध्यक्ष गोपालचन्द्र राईद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘महामारीको यस प्रकोपमा नेपाली नागरिकलाई ग्यास तथा पेट्रोलियम पदार्थको आपूर्तिमा संकट हुन नदिनको लागि हामी हाम्रो जिम्मेवारी र कर्तव्यप्रति निष्ठ रहदै आएका छौँ ।’

द्वारा लेखिएको

मध्यबिन्दु

Responses (0 )



















सम्बन्धित समाचार