देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

ग्लोबल आईएमई बैंकका सुरक्षा गार्डमाथि खुकुरी प्रहार

0

काठमाडौँ – काठमाडौँको मध्य बानेश्वरस्थित ग्लोबल आईएमई बैंकका सुरक्षा गार्डमाथि खुकुरी प्रहार भएको छ ।  सुरक्षा गार्ड रुद्र बहादुर गुरुङले नै बोकेको खुकुरी अपरिचित व्यक्तिले झिकेर उनलाइनै प्रहार गरेको प्रहरीले जनाएको छ ।

खुकरी प्रहार गरेलगत्तै सुरक्षा गार्ड भुइँमा लडेको र अपरिचित व्यक्ति फरार भएका छन् । बिहीबार बैंकमा पैसा साट्न लाइनमा बस्दा विवाद भएपछि सुरक्षा गार्डले बोकेको खुकुरी खोसेर प्रहार गरेको महानगरीय प्रहरी वृत्त, बानेश्वरका प्रहरी प्रमुख डीएसपी दक्ष बस्नेतले जानकारी दिए ।

सुरक्षा गार्डको हातमा चोट लागेको छ । घाइते गुरुङको काठमाडौँ मेडिकल कलेजमा उपचार भइरहेको डीएसपी बस्नेतले बताए । खुकुरी प्रहार गर्ने व्यक्ति फरार रहेकाले प्ररीले निजको खोजीकार्य गरीरहेको उनले बताए ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार