देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

घनश्याम भुसाल र मिलन पाण्डेबीच अर्थपुर्ण भेट

0

काठमाडौं – विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले एमाले नेता घनश्याम भुसालसँग भेटवार्ता गरेका छन् ।

मंगलबार दिउँसो नेता भुसालसँग भेटघाट गरेका पाण्डेकाअनुसार भेटमा बीपी कोइरालादेखि उज्ज्वल थापासम्म र २००७ सालको क्रान्तिदेखि ‘इनफ इज इनफ’सम्मको आन्दोलनको बारेमा छलफल भएको छ ।

“आज नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालजीसँग छलफल गर्‍यौँ । बीपी कोइरालादेखि उज्ज्वल थापासम्म, सात सालको क्रान्तिदेखि विवेकशील आन्दोलन र इनफ इज इनफसम्मको मुभ्मेन्टसम्म र तिनको तरङ्ग र तिनले स्थापित गरेको भाष्यबारे खुलेर कुराकानी भयो,” उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

विवेकशील साझाका अध्यक्ष रवीन्द्र मिश्र पक्षसँग विवाद चुलिएका बेला संयोजक पाण्डेले एमाले नेता भुसाललाई भेटेको बिषयलाई राजनितिक वृत्तमा अर्थपुर्ण रुपमा हेरिएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार