देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

घरायसी रिसिवीमा तीनै जनाको हत्या

0

काठमाडौं – उदयपुरमा घरायसी रिसीइवीका कारण एकै परिवारका तिन जनाको हत्या भएको छ ।

घरायसी रिसिवीकै कारण भाइबुहारी र भतिजलाई हत्या गरेको बेलका नगरपालिका-७ का हत्या आरोपमा पक्राउ परेका ४३ वर्षीय नरबहादुर बस्नेतले स्वीकारेका छन्।

प्रहरी समक्ष प्रारम्भिक बयानकै क्रममा आरोप स्वीकारेसँगै प्रहरीले आइतबार बस्नेतलाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो।

शुक्रबार बिहान बेलका-७ मैनामैनीको गोवाटारस्थित बाबिङ खोला नजिकको खेततर्फ जाँदै गरेका ३७ वर्षीय भाइ राजकुमार बस्नेत, उनकी श्रीमती ३३ वर्षीया सरिता र १३ वर्षीय भतिज सुजनलाई धारिलो हतियार खुकुरी प्रहार गरी हत्या गरेको बयानमा स्वीकारेको जिल्ला प्रहरी कार्यालयका एसपी ज्ञानेन्द्र फुयाँलले बताए।

प्रहरीका अनुसार राजकुमारलाई बाटैमा खुकुरी हानेर ढालेपछि खेतमा पुगिसकेका सविता र खोलामा सुजनलाई त्यहीँ खुकुरी प्रहार गरी हत्या गरेको स्वीकार गरेका छन्। एकान्त ठाउँमा बिहान ११ बजे हत्या गरे पनि प्रहरीले घटनाको जानकारी करिब ३ बजे पाएको थियो।

पक्राउ परेका बस्नेतलाई शुक्रबार नै जिल्ला अदालत उदयपुरबाट ७ दिनको म्याद थप गरी मुलुकी अपराध संहिता २०७४ को ज्यानसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार