देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

घु’स लिइरहेको बेला नेपाल प्रहरीका सई पक्राउ

0

काठमाडौं – बाग्लुङमा नेपाल प्रहरिका सई पक्राउ परेका छन् । ३८ हजार घुस लिइरहेको बेला नेपाल प्रहरीका सई रङ्गेहात पक्राउ परेका हुन्।

गण्डकी प्रदेश, विपद व्यवस्थापन गुल्म बाग्लुङमा कार्यरत प्रहरी नायब निरीक्षक रुपनारायण महतोलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पोखराबाट खटिएको टोलीले मंगलबार साँझ ६ः २५ बजे नियन्त्रणमा लिएको हो।

मंगलबार पक्राउ पर्नेमा गण्डकी प्रदेश विपद् व्यवस्थाप गुल्ममा कार्यरत सई रुपनारायण महतो रहेका छन्।

म्याग्दीका धर्म कुमारी क्षेत्रीसँग पाँचथर स्थायी घर भई हाल बाग्लुङ्मा मेकानिक्सको काम गर्ने रमेश लिम्बुसँगको लेनदेनमा केस मिलाइ दिने भन्दै लिम्बुसँग ३८ हजार रुपैयाँ नगद घुस लिइरहेको अवस्थामा उनलाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार