देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

चट्याङका कारण रेडियो मेलम्चीको प्रसारण अवरुद्ध

0

(सिन्धुपाल्चोक) – बिहिवार राति परेको चट्याङले सिन्धुपाल्चोकको मेलम्ची स्थित रेडियो मेलम्चीको विभिन्न यन्त्र उपकरणमा क्षति पुग्दा प्रसारण रोकिएको छ ।

चट्याङले मिक्सर यु पि यश ब्याकप इन्टरनेट डिभाइस लगायतमा क्षति पुगेको रेडियोका स्टेसन म्यानेजर देवराज सुवेदीले जानकारी दिए । सुवेदीका अनुसार हावाहुरी र भीषण बर्षा सँगै परेको चट्याङले रेडियोमा क्षति पुर्‍याएको हो ।

सिन्धुपाल्चोक लगायत आसपासका क्षेत्रमा स्थानीय सरोकारका विषयसँग प्रत्यक्ष जोडिएको लोकप्रिय रेडियो मेलम्चीको प्रसारण अवरुद्ध हुँदा स्थानीय नागरिकहरु सूचना बाट बञ्चित हुने रेडियो मेलम्चीका अध्यक्ष डम्बर भारती बताउँछन् । अध्यक्ष भारतीका अनुसार यथाशीघ्र रेडियोलाई सञ्चालनमा ल्याउन प्रयास सम्बन्धित टिम अघि बढिसकेको छ ।

कोरोना संक्रमणका कारण लकडाउन जारी रहेको वर्तमान परिस्थितिमा नोक्सान भएका सामाग्री मर्मत र नयाँ खरिदमा समस्या रहेकाले सहयोग गरिदिन सम्बन्धित निकाय संग रेडियो मेलम्चीले आग्रह गरेको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार