देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

चन्द्रपुरमा विवाह गर्न वडाको सिफारिस अनिवार्य

0

काठमाडौं – रौतहटको चन्द्रपुर नगरपालिकाले विवाह गर्दा वडाको सिफारिस अनिवार्य गरेको छ। बालविवाह अन्त्य गर्नका लागि पालिका भित्र रहेका १० वटै वडामा विवाहका लागि सिफारिस अनिवार्य गर्नुपर्ने परिपत्र गरिएको हो।

कम उमेरमा विवाह हुँदा प्रजनन स्वास्थ्यमा समस्या देखिने र आमा तथा बच्चा दुवैको ज्यान जोखिममा पर्ने भएकाले विवाह गर्न २० वर्ष पुगेको सिफारिस वडाबाट लिनुपर्ने व्यवस्था गरिएको नगरपालिकाका मेयर सञ्जय काफ्लेले बताए। 

उनका अनुसार बालविवाह अन्त्यका लागि ३ वर्षे रणनीति हिउँदे नगर सभाबाट पारित भई कार्यान्वयनमा आएको छ।  सोही रणनीतिमा व्यवस्था भएबमोजिम चन्द्रपुर नगरपालिकामा रहेका १० वटै वडा कार्यालयले आ-आफ्ना वडाका सम्पूर्ण टोल वस्तीहरूमा सूचना जारी भएको हो।

विवाहका लागि सिफारिस लिन आउने व्यक्ति तथा सेवाग्राहीले जन्मदर्ता, शैक्षिक योग्यताको प्रमाणपत्रसहित निवेदन पेस गर्नुपर्छ।  
 

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार