देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

चन्द समूहका १३ कार्यकर्ता विरुद्ध संगठित अपराध अभियोग

0

(काठमाडौं) – उदयपुरबाट पक्राउ परेका प्रतिबन्धित नेत्रविक्रम चन्द समूहका १४ जनामध्ये १३ जनाविरुद्ध अपहरण तथा शरीर बन्धक, हातहतियार तथा संगठित अपराध सम्बन्धी कसूरमा धनुषा प्रहरीले अनुसन्धान अघि बढाएको छ । उनीहरुमाथि थप अनुसन्धान गर्न प्रहरीले जिल्ला अदालत धनुषाबाट ५ दिनको समय पाएको छ । पक्राउ परेका मध्ये १२ वर्षीय ईश्वर पुन मगरलाई भने हाजिरी जमानीमा जाडिएको धनुषा प्रहरीले जनाएको छ ।

गत बुधबार धनुषाको गणेशनाथ चारधाम नगरपालिका–५, गौरीखोलाबाट १४ वर्षीया करिना तामाङ मोक्तानलाई चन्द समूहका कार्यकर्ताले अपहरण गरेको सूचना प्रहरीले पाएको थियो । सोही सूचनाको आधारमा खटिएको १ सय १० जनाको नेपाल तथा सशस्त्र प्रहरीको संयुक्त टोलीले उनीहरुलाई हिजो उदयुरको कटारी नगरपालिका– १ खसिवासबाट पक्राउ गरी बालिकाको उद्धार गरेको हो ।

पक्राउ परेका अधिकांश २० भन्दा कम उमेरका छन् । पक्राउ परेका उनीहरुलाई चन्द समूहले प्रलोभनमा पारेर सैन्य तालिम दिन खोजेको आधार भेटिएको प्रहरीले जनाएको छ । यस्तै, ४५ वर्षीय मनोराम राई र २८ वर्षीय विवेक खड्का पनि पक्राउ परेका छन् । उनीहरु चन्द समूहका कुन तहका नेता हुन् भन्ने खुलिनसकेको धनुषा प्रहरीले जनाएको छ ।

उनीहरुको साथबाट प्रहरीले तीन थान पेस्तोल, सो मा लाग्ने ९ राउण्ड गोली र सकेट तथा प्रेसरकुकर बम पनि बरामद गरेको थियो । उनीहरुको साथबाट सैन्य तालिम सम्बन्धी निर्देशिका र अन्य केही महत्वपूर्ण दस्तावेज पनि बरामद भएको दाबी प्रहरीको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

Responses (0 )



















सम्बन्धित समाचार