देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

चम्पादेवी गाउँपालिकाद्वारा निरन्तर राहत वितरण

0

(ओखलढुंगा) – चम्पादेवी गाउँपालिकाद्ववारा निरन्तर राहत वितरणको क्रममा वडा नम्बर ९ मिश्रभनज्याङ्मा राहत वितरण सम्पन भएको छ।

सो राहत वितरणमा चम्पादेवी गाउँ पालिका प्रवक्ता तथा राहत सङकलन वितरण समितिका संयोजक अजय लुइँटेल, वडा अध्यक्ष झम्कहरी वडाल, जानप्रतिनिधी, शिक्षासेवि,बुद्धिजीवी, तथा राजनीतिक दलको उपस्थिति उक्त वडामा २४४ घर परिवारलाई पारिवारिक सङ्ख्या मुल्यांकन गरि चामल,दाल,नुन लगाएतका खाद्यान्न सामग्रीको राहत वितरण गरिएको हो।

विश्व आतंक बनाएको कोरोना भाइरसले चम्पादेविका ९ का आम नागरिकको जनजिबन सङ्कट्मा परेको गाउँपालिकाको बैठकले मुल्यांकन गरि उक्त वडाका दिनमा काम नगरी रातमा छाक नटर्ने घर परिवारलाई भौगोलिक दुरि अबलोकन गरि मिश्रभनज्यङ्ग र डलिडाडा गरि २ स्थानमा खाद्यान्न वितरण गरिएको र गर्न बाकी ६,८,१० वडाहरुमा निरन्तररुपमा वितरण गर्ने सथै कार्य व्यस्तताका आधारमा गाउँपालिका अध्यक्ष नबराज केसिको उपस्तिथिति नभए पनि उहाको नेतृत्वमा वितरण गरिएको प्रवक्ता तथा राहत सङकलन वितरण समितिका संयोजक लुइँटेलले बताएका छन् ।

नेपाल सरकारले गरेको निरन्तर लकडाउन समयको प्रतिकुल पनि उक्त खाद्यान्न राहत उपलब्ध गराइ सम्मान र सफलता पुर्वक वितरण गरेकाले उक्त वडाका जनतामा खुसी छाएको एक बुद्धिजीवीले वताएका छ्न।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार