देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

चरेस सहित कञ्चनपुरबाट तीन पक्राउ

0

(महेन्द्रनगर) – ठूलो परिमाणको लागूऔगाध चरेस सहित कञ्चनपुरको भीमदत्त नगरपालिका–३ भाषीबाट तीन जना पक्राउ परेका छन् । प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भीमदत्तनगर र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले बिहीबार उनीहरुलाई ११ किलोग्राम लागूऔषध चरेस सहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बझाङ केदारस्यु गाउँपालिका–६ का ३८ वर्षीय मकर धामी, ३५ वर्षीय गोपाल धामी र बझाङ बुङ्गल नगरपालिका–२ का २३ वर्षीय जयबहादुर धामी रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता रवीन्द्र पौडेलले घटनाका अभियुक्त र चरेससहित नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता पौडेलले बताए ।

द्वारा लेखिएको

मध्यबिन्दु

Responses (0 )



















सम्बन्धित समाचार