देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

चर्चित फुटबलर म्याराडोनाको निधन

0

एजेन्सी  - अर्जेन्टिनाका पूर्व कप्तान तथा फुटबल लिजेण्ड डिएगो म्यारोडोनाको निधन भएको छ । फुटबलका अहिलेसम्मकै एक महान खेलाडी म्याराडोनाको ६० वर्षको उमेरमा हृदयाघातका कारण निधन भएको हो ।

म्याराडोनाको नोभेम्बरको सुरुमा ब्रेन ब्लड क्लोटको सफल शल्यक्रिया गरिएको थियो । त्यसपछि उसलाई अल्कोहल डिपेन्डेन्सी सम्बन्धी समस्याको उपचार गर्ने तयारी गरिएको थियो ।

उनी आर्जेन्टिनाले सन् १९८६ मा विश्वकप जित्दा क्याप्टेन थिए । अर्जेन्टिनाका पूर्व प्रशिक्षक समेत रहेका म्यारोडोना विश्व फुटबलका महान खेलाडी मानिन्छन् ।

माराडोना कप्तान भएको बेला अर्जेन्टिनाले १९८६ मा वर्ल्ड कप जितेका थिए । जसले उनलाई उत्कृष्ट खेलाडीको रूपमा विश्वभर चिनाउन सहयोग गर्‍यो ।

उनी सन् १९८२ को विश्व कप फुटबलबाट चर्चित बनेका थिए। त्यसबेला उनी २१ वर्षका थिए । अर्जेन्टिनाका लागि म्यारोडोनाले १९७७ देखि १९९४ सम्म खेलेका थिए । उनले अर्जेन्टिनाका लागि ९१ खेलमा ३४ गोल गरेका थिए ।

सन् २००८ देखि २०१० को विश्वकपसम्म म्यारोडोना अर्जेन्टिनाको मुख्य प्रशिक्षक रहेका थिए । म्यारोडोनाले युरोपियन क्लब बार्सिलोना, नापोली र सेभिया जस्ता युरोपका ठुला क्लबबाट खेलेका थिए ।

आर्जेन्टिनाका राष्ट्रपतिले तीन दिनको राष्ट्रिय शोकको घोषणा गरेका छन् । राष्ट्रपति अर्बेर्टो फेर्नान्डेशले भनेका छन्, “तिमिले हामीलाई विश्वको उच्च तहमा पुर्‍यायौ, हामीलाई निकै खुशी दियौ । हामीले सधैँ तिमिलाई सम्झिरहने छौँ ।”

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार