देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

चारजना भारतीय सुटरले एकैपटक गोली हानेर रुपेशको हत्या भएको पुष्टि

0
<p>तस्बिर : क्रान्ति शाह</p>

तस्बिर : क्रान्ति शाह

काठमाडौं – बाराको कलैया उपमहानगरपालिका -६ मदर्शा टोलस्थित बाल एकता इंग्लिस बोर्डिङ स्कुलका प्रधानाध्यापक तथा सञ्चालक रुपेश स्वर्णकारको हत्या प्रेमसम्बन्धका कारण भएको प्रहरीले पुष्टि गरेको छ ।

रुपेशको हत्या घटनाबारे जानकारी दिन बुधबार जिल्ला प्रहरी कार्यालय बारामा पत्रकार सम्मेलन गरेका प्रहरी उपरीक्षक सुरेश काफ्लेले दुई छोराका बुबा समेत रहेका रुपेशको ३६ वर्षीय हत्या एक युवतीसँग विवाहेत्तर प्रेम सम्बन्धका कारण गरिएको पुष्टि भएको बताए ।

प्रहरी उपरीक्षक काफ्लेका अनुसार, रुपेशकै स्कुलमा पहिले लेखापाल पदमा कार्यरत पूर्वकर्मचारी कलैया ३ मदर्शा टोलकै २२ वर्षीया राधा गुप्ता र उनका प्रेमी भारत घर भएका मनोज गुप्ताले मिलेर गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ।

राधाकै योजनामा उनका प्रेमी मनोजले बोलाएर भारतबाट दुईवटा मोटरसाइकलमा आएका भारत बिहारको मोतिहारी जिल्ला दर्पा थाना १ सुकलहीयाका २५ वर्षीय सुजित कुमार सिंह, त्यही ठाँउका २४ वर्षीय चञ्चल पाण्डे , २२ वर्षीय मनिष सहनी र २० वर्षीय कामेश्वर सहनीले रुपेशलाई गोली हानेका थिए ।

रुपेशको हत्यामा संलग्न मुख्य योजनाकार राधासहित पाँचजनालाई पक्राउ गरी प्रहरीले बुधबार सार्वजनिक पनि गरेको हो । प्रहरीले सार्वजनिक गरेकाहरु कलैया ६ मदर्शा टोलकी २२ वर्षीया राधा गुप्ता , त्यहि टोलका ३४ वर्षीय जमिल अख्तर , कलैया ९ रामपुरका २६ वर्षीय रियाज अन्सारी , भारत बिहारको घोडासहनको जगीराकोटीका २३ वर्षीय चन्दन कुमार र चन्दनकै छिमेकी गाउँका २३ वर्षीय अभिनव कुमार राजपुत रहेका छन् ।

तीमध्ये राधा हत्याको मुख्य योजनाकार हुन् भने जमील र रियाज सहयोगी तथा चन्दन र अभिनव सुटर ग्याङको सदस्य रहेको प्रहरी उपरीक्षक काफ्लेले बताए ।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार