देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

चारवटा प्रदेश सरकारका नीति तथा कार्यक्रम आज

0
<p>फाइल फोटो</p>

फाइल फोटो

काठमाडौं – चारवटा प्रदेशका प्रदेश सरकारले बिहिबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछन्। प्रदेश १, २ नम्बर, बागमती र सुदुरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०७८/०७९ का लागि नीति तथा कार्यक्रम ल्याउन लागेका हुन्।

प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ ले आज अपरान्ह तीन बजे निती तथा कार्यक्रम पेश गर्ने कार्यसूची रहेको प्रदेशसभाकी प्रवक्ता चमिला भट्टराईले जानकारी दिइन्।

यस्तै प्रदेश नम्बर २ सरकारले दिउँसो २ बजे बस्ने प्रदेशसभा बैठकमा प्रदेश प्रमुख डाक्टर राजेश झा ‘अहिराज’ले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने सभामुख सरोजकुमार यादवले जानकारी दिए।

यस्तै बागमती प्रदेशसभाको दिउँसो साढे ३ बजे बस्ने बैठकमा प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईँले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने प्रदेश सभा सचिवालयले जनाएको छ।  सरकारले कोभिड १९ को महामारी नियन्त्रणलाई मुख्य प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम तयार पारेको जनाएको छ।

बागमती प्रदेशसभाका प्रतिपक्षी दलहरुले भने नीति तथा कार्यक्रम र बजेट प्रदेशसभाबाट पारित गर्न नदिने योजना बनाएका छन्।

यस्तै, सुदुरपश्चिम प्रदेशसभाको दिउँसो ४ बजे बस्ने बैठकमा प्रदेश प्रमुख गंगाप्रसाद यादवले नीति तथा कार्यक्रम पेश गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ।

प्रदेश सरकारहरुले असार १ गते अगामी वर्षको बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार