देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

चार न्यायाधीशलाई महाभियोग दर्ता गर्ने तयारिमा एमाले

0

काठमाडौँ – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सर्वोच्च अदालतका चार न्यायाधीशलाई महाभियोग दर्ता गर्ने गरी छलफल अघि बढाएको छ। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद् विघटन रोक्ने फैसला गर्ने चार न्यायाधीशलाई महाभियोग लगाउने तयारी एमालेले गरेको हो ।

सत्ता गठबन्धनको तर्फबाट प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेसँगै आइतबार साँझ पार्टी अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बसेको  सचिवालय बैठकमा चार न्यायाधीशलाई महाअभियोग दर्ता गर्नुपर्ने बिषयमा छलफल भएको हो।

आइतबार साँझ सचिवालय बैठक र सोमबार बिहान बस्ने संसदीय दलको बैठकमा छलफल गरेर महाअभियोग बारे निर्णयमा पुग्ने एमालेको स्रोतले जनाएको छ।

एमाले बिना प्रधानन्यायाधीश राणामाथिको महाभियोग पारित नहुने अवस्थामा सत्ता पक्षले महाअभियोग दर्ता गरेपछि त्यसको काउन्टर गर्न लागेको हो। आइतबार प्रधानन्यायाधीश राणामाथि महाभियोग प्रस्ताव दर्ता भएपछि एमाले सचिवालय बैठक बसेको थियो।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद् विघटन विरुद्धको मुद्दामा प्रधानन्यायाधीश राणासहित न्यायाधीश ईश्वर खतिवडा, आनन्दमोहन भट्टराई, मिरा खड्का र दीपककुमार कार्कीको इजलासले परमादेश जारी गरी संसद् विघटनको रोकेका थिए। एमाले उनीहरूविरुद्ध महाअभियोग दर्ता गर्न लागेको हो ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार