देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

चार वडा अध्यक्षसहित गाउँपालिकाका अध्यक्ष माओवादी प्रवेश

0
<p>फाइल फोटो</p>

फाइल फोटो

काठमाडौं – डोल्पाको डोल्पोबुद्ध गाउँपालिकाका निर्वाचित अध्यक्षसहित दुई दर्जन युवा नेकपा माओवादी केन्द्र प्रवेश गरेका छन् ।

बुधबार आयोजित एक कार्यक्रमकाबिच नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गाउँपालिका अध्यक्ष गुरुङसहित दुई दर्जन युवालाई पार्टी प्रवेश गराएका हुन् ।

गत स्थानिय निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित वडाध्यक्ष र गाउँपालिका अध्यक्ष बनेका तेम्बा गुरुङसहित दुई दर्जन युवा माओवादी प्रवेश गरेको माओवादी केन्द्रले जनाएको छ ।

गाउँपालिकाका अध्यक्ष गुरुङसहित १ नम्बर वडाध्यक्ष क्याल्पो भोटे थापा, २ नम्बर वडाध्यक्ष छोइक्याप भोटे, ३ नम्बर वडाध्यक्ष पाल्जाङ लामा र ६ नम्बर वडाका कार्यवाहक अध्यक्ष पेम्मा आङछुक गुरुङ पनि माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार