देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

चिकित्सक संघद्वारा आन्दोलन घोषणा

0

काठमाडौँ – चिकित्सा शिक्षा सुधारको माग गर्दै विगत २४ दिनदेखि अनशनरत डा. गोविन्द केसीको जीवन रक्षा प्रति सरकारले बेवास्ता गरेको भन्दै नेपाल चिकित्सक संघले विरोधका कार्यक्रम घोषणा गरेको छ ।

संघले शुक्रबार देशभरका स्वास्थ्य संस्था तथा अस्पतालहरुमा आकस्मिक र कोभिड–१९ का सेवा बाहेक सम्पूर्ण स्वास्थ्य सेवा पूर्ण रुपमा बहिष्कार गर्ने निर्णय गरेको छ ।

संघले विज्ञप्ति जारी गर्दै बिहीबार दुई घण्टा र शुक्रबार पूरै दिन आकस्मिक र कोभिड १९ बाहेकका सेवा बहिष्कार गर्ने उल्लेख गरिएको छ ।

संघले असोज २२ गते, बिहीबार, बिहान ९ देखि ११ बजेसम्म संघका शाखा कार्यालयहरु, देशभरका स्वास्थ्य संस्था वा अस्पतालहरुको प्रांगणमा जनस्वास्थ्यको मापदण्ड अपनाई सामाजिक दुरी कायम गर्दैै धर्ना गर्ने निर्णय समेत गरेको छ ।

साथै अर्को सूचना जारी नभएसम्मका लागि कालोपट्टी बाँधेर चिकित्सकहरुले रिले अनसन गर्ने भएका छन् ।

 

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार