देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

चितवनको माडीमा बीओपी स्थापना

0
<p>फाइल फोटो</p>

फाइल फोटो

भरतपुर – चितवनको माडी नगरपालिका-६ मा सशस्त्र प्रहरी बलको छैटौँ बोर्डर आउट पोष्ट (बीओपी) स्थापना गरिएको छ ।

बीओपीको सशस्त्र प्रहरी बल ३ नम्बर बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक मन्दीप श्रेष्ठले बिहीबार उद्घाटन गर्दै सिमानाको रक्षाका लागि प्रभावकारी रुपमा काम गर्न आफूहरु लागिपरेको बताए ।

सशस्त्र प्रहरी निरीक्षकका नेतृत्वमा ३५ जनाको टोली सीमा रक्षाका लागि बस्ने सशस्त्र प्रहरी बल नम्बर १७ गण चितवनका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक दीपककुमार थापाले जानकारी दिए ।

सरकारले नेपाल र छिमेकी देशका सिमानामा ११४ बीओपी स्थापना गर्ने निर्णय गरेसँगै जिल्लामा यस वर्ष तीन पोष्ट थप गरिएको थापाले जानकारी दिए ।

जिल्लामा पर्ने ८८ किलोमिटर सिमाना मध्ये सबै माडी नगरपालिकामा पर्छ । अहिले स्थापना भएका छ  पोष्टका लागि प्रतिपोष्ट १४ दशमलव पाँच किलोमिटर क्षेत्रफल रक्षाका लागि पर्ने थापाको भनाइ छ ।

यसअघि माडीका बाँदरझुला, कान्छिवगाई, छरछरे, गर्दी र  वाल्मिकी आश्रममा पोष्ट स्थापना गरी सकिएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार