देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

चितवनमा कोरोना संक्रमित एक वृद्धको मृत्यु

0

(चितवन) – कोरोना भाइरसको संक्रमण देखिएका चितवनका एक वृद्धको मंगलबार बिहान मृत्यु भएको छ ।

नारायणी सामुदायिक अस्पतालमा उपचाररत भरतपुर महानगरपालिका–११ का ६८ वर्षीय वृद्धको मृत्यु भएको हो ।

अस्पतालको आईसियूमा उपचार गराइ रहेका वृद्धलाई कोरोना संक्रमण पुष्टि भएपछि सोमबार राति भरतपुर अस्पतालको आइसोलेसनमा पठाइएको थियो ।

सोमबार मात्रै कोरोना संक्रमण पुष्टि भएका ती वृद्धमा मधुमेहका साथै रक्तचापको पनि समस्या थियो । कोभिड–१९ सँगै निमोनिया पनि देखिएको चिकित्सकहरुले बताएका छन् ।

मंगलबार विहान ७ बजेर ६ मिनेट जाँदा उनको मृत्यु अस्पतालले जनाएको छ । उनको शव भरतपुर अस्पतालको आईसीयूमै छ ।

शवको व्यवस्थापन कसरी गर्ने भन्ने निर्णय गर्न बाँकी नै रहेकोले प्याकिङको काम भएको छैन ।

जिल्ला प्रशासन कार्यालयको अनुमति विना नै क्रिटिकल अवस्थाका बिरामीलाई सारेको भन्दै प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भटटराईले आपत्ति जनाएका छन् ।

नारायणी सामुदायिक अस्पतालले सामान्य अक्सिजनको भरमा बिरामीलाई भरतपुर अस्पतालको आईसीयूमा सारेको थियो । भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. श्रीराम तिवारीले आफूहरुले बिरामी नसार्न भन्दाभन्दै सारिएको बताए ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार