देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

चितवन कांग्रेस सभापतिमा खनाल

0

काठमाडौं – नेपाली कांग्रेस चितवनको सभापतिमा डा. शेखर कोइरालानिकट राजेश्वर खनाल निर्वाचित भएका छन् । पहिलो चरणमा ५ जना प्रत्याशीमध्ये पहिलो भएका खनाललाई दोस्रो चरणको निर्वाचनअघि नै प्रतिस्पर्धी मिलनबाबु श्रेष्ठले समर्थन जनाएका थिए ।

प्रतिस्पर्धामा रहेका श्रेष्ठले पनि खनाललाई नै समर्थन गरेपछि निर्वाचन समितिले खनाल सभापतिमा चयन भएको घोषणा गरेको हो । पहिलो चरणमा खनालले ७४६ र श्रेष्ठले ६६२ मत पाएका थिए । श्रेष्ठ संस्थापन पक्षका उम्मेदवार थिए ।

चितवन कांग्रेसको सभापति पदका लागि बिहीबार पाँच जनाले मनोनयन गरेका थिए । शुक्रबार भएको निर्वाचन परिणाममा कुनै पनि उम्मेवारले ५१ प्रतिशत मत नल्याएपछि दोस्रो चरणको मतदान शनिबारका लागि तय भएको थियो ।

पहिलो चरणमा खनालले ७ सय ४६ मत ल्याउँदा श्रेष्ठले ६ सय ६२ मत ल्याएका थिए । अन्य ३ जना उम्मेदवारले पनि ४ सय मत कटाएका थिए । सभापति शेरबहादुर देउवानिकट श्रेष्ठ वागमती प्रदेश सरकारका उद्योग मन्त्रीसमेत हुन् ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार