देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

चितवन मेडिकल कलेजमा एक कोरोना संक्रमितको मृत्यु

0

चितवन – भरतपुरस्थित चितवन मेडिकल कलेजको शिक्षण अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको बुधबार मृत्यु भएको छ ।

चितवनको रत्ननगर नगरपालिका–१३ का ४० वर्षीय पुरुषको उपचारको क्रममा दिउँसो साढे चार बजे मृत्यु भएको हो ।

गत असोज २३ गते ज्वरो तथा निमोनियाको समस्या देखिएपछि उनी अस्पताल भर्ना भएका थिए । सोही दिन उनमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

अस्पतालका निर्देशक प्रा.डा.दायाराम लम्सालका अनुसार उनी क्यान्सर रोगको पनि उपचार गराइरहेका थिए ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार