देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

चितुवाको छाला सहित एक पक्राउ

0

(ताप्लेजुङ) – चितुवा र थारकोे छालासहित एक जनालाई ताप्लेजुङबाट प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा फक्ताङलुङ गाउँपालिका–५ तापेथोकका ५५ वर्षीय तोलवीर लिम्बू रहेका छन् ।

घरको छानामा सिउरिएर राखिएको अवस्थामा चितुवाको दुई थान र अर्को वन्यजन्तु थारको एक थान छाला आज फेला पारिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । तापेथोक प्रहरी चौकीबाट खटिएको प्रहरीको टोलीले लिम्बूको घरमा खानतलासी गरेको थियो । सोही क्रममा उक्त छाला फेला परेको हो ।

तीन थान छाला सहित लिम्बूलाई नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान र कारवाहीका लागि कञ्चनजंघा संरक्षण क्षेत्रको कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

Responses (0 )



















सम्बन्धित समाचार