देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग उपमन्त्री सहितको टोली नेपाल आउदै

0

काठमाडौँ- चिनियाँ कम्युनिष्ट पार्टीको चार सदस्यीय उच्चस्तरीय टोली आइतबार काठमाडौँ आउने भएको छ।  नेपाल कम्युनिष्ट पार्टीको विभाजन उन्मुख अवस्थामा सरसल्लाह र सम्भावित मध्यस्तताका तथा एकिकरण टिकाउने अन्तिम प्रयास कालागी टोली नेपाल आउन लागेको हो ।

चिनियाँ राष्ट्रपतिको आदेशमा चार सदस्यीय कम्युनिष्ट नेताहरुको टोली काठमाडौँ आउन लागेको समाचार भारतीय दैनिक हिन्दुस्तान टाइम्सले प्रकाशन गरेको छ।

चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभाग उपमन्त्री कुओ येचौको नेतृत्वमा पार्टी अन्तर्राष्ट्रिय विभाग महानिर्देशक छुइ यानसहितको चार सदस्यीय टोली काठमाडौँ आउन लागेको हो ।

स्रोतका अनुसार चिनियाँ राजदूत होउ याङ्छीले उच्च नेकपा नेताहरुसँग उनीहरुको भेटका लागि समय पनि लिइसकेकी छन्। उच्चस्तरीय टोलीले नेपालमा चार दिन बिताउने कार्यक्रम रहेको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार