देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

चिनियाँ राजदूत होउ यान्छी प्रचण्ड निवासमा

0

काठमाडौं – नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेकी छन् । प्रचण्डलाई भेट्न राजदूत यान्छी उनकै निवास खुमलटार पुगेर भेटवार्ता गरेकी हुन् ।

प्रचण्ड सँगको भेटमा यान्छीले नेकपाको पार्टी विवादमा गम्भीर चासो र चिन्ता व्यक्त गरेको बताइएको छ । यान्छीले आफूहरु पार्टी एकता कायमै रहोस् भन्ने पक्षमा रहेको बताएकी थिइन् । सम्भव भएसम्म अझै पनि पार्टी एकता जोगाएर जान सुझाव दिएकी छन् ।

नेकपा विवाद विभाजनतर्फ उन्मुख हुँदा राजदूत यान्छीले सक्रियता बढाएकी छन् । दुई दिनअघि मात्रै उनले राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेटवार्ता गरेकी थिइन् ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार