देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

चिनियाँ र भारतीय राजदूतले गरे देउवासंँग वान टु वान वार्ता

0
<p>फाइल फोटो</p>

फाइल फोटो

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई नेपालका लागि चिनियाँ र भारतीय राजदूतले बिहीबार भेटेका छन्। नेपालमा सरकार परिवर्तन हुन लागेका बेला दुई छिमेकी मुलुकका दूतहरूले देउवालाई भेट्नुलाई अर्थपूर्ण रुपमा लिइएको छ।

स्रोतका अनुसार बिहीबार अपरान्ह फरक-फरक समयमा चिनियाँ राजदूत होउ यान्छी र भारतीय राजदूत विनयमोहन क्वात्राले भेटवार्ता गरेका हुन्। देउवा निवास बुढानिलकण्ठ पुगेर उनीहरूले भेटवार्ता गरे पनि के कुराकानी भयो भन्नेबारे खुलेको छैन।

देउवा निवासमा बिहीबार पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक थियो। उक्त बैठक सकिएलगत्तै राजदूतहरूले फरक-फरक समयमा देउवालाई भेटेर कुराकानी  भएको बुढानिलकण्ठ स्रोतले जनाएको छ  । प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएपछि राजनीतिको केन्द्रमा फेरि देउवा आइपुगेका छन्।

उत्तरी छिमेकी चीनले प्रतिनिधि सभा विघटन र पुनर्स्थापनामा औपचारिक प्रतिक्रिया नदिएको भए पनि भारतले भने दुबै घटनापछि यो नेपालको आन्तरिक मामिला भएको जनाएको छ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार