देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

चीनका विदेशमन्त्री वाङ आज नेपाल आउँदै

0

काठमाडौं – चीनका विदेशमन्त्री वाङ यी तीनदिने औपचारिक भ्रमणका क्रममा शुक्रबार नेपाल आउँदै छन् । परराष्ट्रमन्त्री डा. नारायण खड्काको निमन्त्रणामा हुन लागेको यो भ्रमणको सबै तयारी पूरा भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार विदेशमन्त्री वाङलाई परराष्ट्रसचिव भरतराज पौड्यालसहितको टोलीले स्वागत गर्ने कार्यक्रम छ ।विदेशमन्त्री वाङको बासस्थानदेखि औपचारिक र अनौपचारिक कार्यक्रम स्थलहरूमा विशेष निगरानीसहितको सुरक्षा सतर्कता बढाइएको छ । बौद्ध, स्वयम्भू र हात्तीसारलगायतका क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

नेपाल भ्रमणमा चीनका विदेशमन्त्रीले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्नेछन् । त्यस्तै चैत १२ गते परराष्ट्रमन्त्री डा. खड्कासँग उनले द्विपक्षीय भेट गर्ने कार्यक्रम रहेको छ ।

नेपाली प्रतिनिधिमण्डल र चीनका विदेशमन्त्री वाङसहितको प्रतिनिधिमण्डलबीच द्विदेशीय सहकार्य र विगतका साझेदारीका सवालमा थप छलफल र कार्यान्वयन प्रगतिका विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयमा चीन मामिला हेर्ने सहसचिव लोकबहादुर थापाले बताए । उनका अनुसार केही नयाँ सम्झौता र सहमतिको सहित ती विषयका प्राथमिकताका आधारमा दुई देशको प्रतिनिधिमण्डलबीच हुने वार्ताले सम्झौताको आधार तय गर्नेछ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार