देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

चीनद्वारा नेपाललाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको साँचो हस्तान्तरण

0
<p>फोटो रासस</p>

फोटो रासस

काठमाडौं – चीन सरकारको ऋण सहयोगमा निर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ ।

नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा परराष्ट्रमन्त्री डाक्टर नारायण खड्कालाई पोखरा विमानस्थलको साँचो हस्तान्तरण गरेका हुन् ।

९३ प्रतिशत काम मात्र सकिएको अवस्थामा चीनले चाबी हस्तान्तरण गरेको हो । विमानस्थल चिनियाँ कम्पनीले निर्माण गरेको हो । वैशाखदेखि विमानस्थलमा उडान भर्ने लक्ष्य राखिएको छ ।

चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणका क्रममा सिंहदरबारमा परराष्ट्रमन्त्री नारायण खड्का र चिनियाँ विदेशमन्त्री यीसहित दुई देशका प्रतिनिधिमण्डलबीच भेटवार्तापछि नेपाल र चीन सरकारबीच नेपाल–चीन रेलको सम्भाव्यता अध्ययनसहित नौ वटा समझदारी–पत्रमा हस्ताक्षर पनि भएको छ ।

शुक्रबार नेपाल आएका चिनियाँ विदेशमन्त्री वाङले आइतबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीसँग शीतल निवासमा भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । राष्ट्रपति भण्डारीसँगको भेटपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट्ने कार्यक्रम छ । दुई नेतालाई भेटेपछि उनि आइतबारनै स्वदेश फर्कने कार्यक्रम छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार