देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

‘चीनबाट ल्याइएका नेपालीमा कोरोनाको संक्रमण छैन’

0

मध्यविन्दु/भक्तपुर– सरकारले चीनबाट उद्धार गरी नेपाल ल्याएका नेपालीहरुको स्वास्थ्य अवस्था ठिक रहेको पाइएको छ । सरकारले चीनबाट ल्याएर भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा राखिएको उनीहरुको शारीरिक र मानसिक अवस्था ठीक रहेको बताइएको हो ।

मंगलबार अनुगमनमा पुगेका स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले नेपाल फर्किएका नेपालीहरुमा त्रास हराएको बताए । मन्त्री ढकालले भने, ‘थप केही समस्या छन् भने राज्यका तर्फबाट कोअर्डिनेसन गर्न तयार छौं, सरकारले गरेको तयारीप्रति उद्धार गरिएका नेपाली सन्तुष्ट रहेको प्रतिक्रिया पाएका छौँ ।’

मंगलबार मन्त्री ढकालसहितको टोलीलाई क्वारेन्टाइनमा खटिएका चिकित्सक टोलीले उद्धार गरिएका नेपालीको अवस्थाबारे जानकारी गराएका थिए । चीनमा कोरोना भाइरसको त्रासमा रहेका १ सय ७५ जना नेपालीलाई उद्धार गरि खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा राखिएको छ ।

 

द्वारा लेखिएको

मध्यबिन्दु

Responses (0 )



















सम्बन्धित समाचार