देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

चीनलाई रिझाउन नेकपा एमसीसीको विरोधमा उत्रियो : नेता महत

0

चितवन – नेपाली कांग्रेसका नेता रामशरण महतले सत्तारुढ नेकपा चीनलाई रिझाउन अमेरिकी सहयोग सम्बन्धी सम्झौता एमसीसी कम्प्याक्टको विरोधमा लागेको आरोप लगाएका छन् ।

नेपाली कांग्रेसले सरकारविरुद्ध देशव्यापी रुपमा गरेको प्रदर्शनका क्रममा चितवनको नारायणगढमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता महतले नेकपा भित्रको विवादका कारण एमसीसी सम्बन्धी प्रकृया अगाडी नबढेको आरोप लगाए । सबै सरकारले एमसीसी नेपाल ल्याउन प्रयास र पहल गरेको उनले बताए ।

उनले भने, ‘हुन त अहिलेको सरकार पनि यसलाई ल्याउने पक्षमा नै थियो । तर, कम्युनिष्ट पार्टीभित्रै नै विरोध भयो । अमेरिकाको सेना नै नेपाल आउँछ भन्छन् । यो कुरा सरासर झुट हो । अमेरिका र चीनको सम्बन्ध बिग्रेको छ । उसबाट ठूलो सहयोग लिंदा चीन रिसाउला भन्ने परेको होला ।’

अमेरिकाको सहयोग लिँदा चीन रिसाउँछ भनेर नेकपाका केही नेता विलापमा लागेको उनले बताए । नेता महतले चीनसँगको सीमा विवादमा छानबिन बिनै सरकारले भूमि अतिक्रमण नभएको बताउनु गलत भएको बताए ।

नेपालमा सबैभन्दा पहिला वैदेशिक सहयोग दिने मुलक अमेरिका भएको र अमेरिकी सहयोगको सुरुवात चितवनबाटै भएको बताए । भारतसँगको सीमा विवाद टुंग्याउन राष्ट्रिय सहमतिका साथ अगाडी बढेपनि चीनसँग त्यसो हुन नसकेको उनको भनाई थियो ।

जनता कोभिडको मारका रहेका बेला समेत सरकार भष्ट्राचार गर्न उद्धत रहेको उनको आरोप छ । जनजीविका सवाललाई सम्वोधन गर्नुभन्दा सरकार ठूला कुरा गर्ने, तर परिणाम देखाउन नसक्ने अवस्थामा पुगेको महतको दाबी छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार