देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

चुनावअगाडीनै चन्द समूहका कार्यकर्ताको मुद्दा फिर्ता तयारी

0
<p>फाइल फोटो</p>

फाइल फोटो

काठमाडौँ – सरकारले नेत्रविक्रम चन्द समूहका नेता–कार्यकर्ताको मुद्दा स्थानीय तह निर्वाचनअगावै फिर्ता लिने तयारी गरेको छ ।

व्यक्ति हत्या, विस्फोट/आगजनी, चन्दा असुलीलगायत अपराध गरेको अभियोगमा विभिन्न कारागारमा पुर्पक्षमा रहेका करिब ४० जनाको मुद्दा फिर्ता लिने प्रक्रिया गृह मन्त्रालयले अघि बढाएको हो ।

मन्त्रालय स्रोतका अनुसार धनुषाको क्षीरेश्वर र ललितपुरको नख्खुस्थित एनसेल कार्यालयको विस्फोट, मोरङको मिक्लाजुङमा शिक्षक अपहरण र हत्या, भोजपुरमा प्रहरीमाथि गोली प्रहारलगायतका अपराधमा जोडिएका व्यक्तिलाई पनि उन्मुक्ति दिन लागिएको छ ।

महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सहन्यायाधिवक्ता सञ्जीवराज रेग्मीले चन्द समूहका नेता/कार्यकर्ताविरुद्ध लागेका मुद्दा फिर्ताका लागि गृह मन्त्रालयबाट राय माग भएको बताए । मुद्दा फिर्ता लिन गृह मन्त्रालयले रायका लागि महान्यायाधिवक्ता कार्यालयमा पत्र पठाएको उनको भनाई छ ।

‘स्थानीय तह चुनाव नजिकिँदै छ, चन्द समूहको पनि यसमा सहयोग आवश्यक पर्छ,’ स्रोतले भन्यो, ‘त्यही भएर अघिल्लो सरकारकै पालाको सहमति कार्यान्वयनमा अग्रसरता लिइएको हो ।’ उनले भने ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार