देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

चुनावको मुखैमा प्रधानमन्त्रीजी किन भारत जानु भो, आएपछि सोध्नुपर्ला – केपी ओली

0

काठमाडौं – एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको विषयमा प्रश्न उठाएका छन् । चुनावको मुखमा भारत भ्रमण जानुको केही अर्थ रहने भन्दै उनले नेपाल फर्किएपछि सोध्ने बताए ।

अनेरास्ववियूको पहिलो केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले भने, ‘प्रधानमन्त्रीजी चुनावको बेला भारत जानुभएको छ, किन जानुभयो होला ? आएपछि सोध्नुपर्ला ।’

ओलीले चुनाव नजिकिदै गर्दा प्रधानमन्त्री देउवाको भारत भ्रमणलाई रहस्यमयी भएको बताएका छन्। अनेरास्ववीयुको पूर्ण बैठकलाई काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रधानमन्त्री फर्किएपछि भारत भ्रमण जानुको कारण सोध्ने बताए।

उनले भने, ‘प्रधानमन्त्रीज्यू विदेश जानु भएको छ, ठ्याक्कै चुनाव अगाडि, किन जानुभयो कुन्नि ? आएपछि सोध्नुपर्ला । यतिबेलासम्म जानुभएन, चुनाव अगाडि नै किन जानुभयो ।’

आफुले दैनिक चारवटा कार्यक्रममा भ्याउने गरेको बताउँदै युवाहरू अझै सक्रिय हुनुपर्नेमा जोड दिए । ‘युवाहरूले मेरोभन्दा बढी सक्रिय हुनुपर्छ । एमालेलाई बलियो पार्टी बनाउनुपर्ने अब युवाहरूको हातमा छ,’ ओलीले भने ।

एमालेको हरुवा बानी नभएको उनको भनाइ छ । ‘एमालेले हार्न कहिल्यै जानेको छैन । हाम्रो हरुवा बानी होइन् । हामी जितेर देश बनाउँछौं,’ ओलीले भने ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार