देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

चुनावबारे छलफल गर्न कांग्रेस बैठक असार २७ मा

0

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आगामी असार २७ गते बस्ने भएको छ । बैठक दिउँसो १ बजे पार्टी मुख्यालय वीपी स्मृति भवन, वीपीनगर ललितपुरमा बस्ने कांग्रेसले प्रेस विज्ञप्ति जारी गरी जनाएको छ ।

बैठकमा अनिवार्य उपस्थितिका लागि केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यहरुलाई निर्देशानुसार अनुरोध गरिएको छ ।

पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले हस्ताक्षर गरेको पत्रमा बैठकमा स्थानीय तहको निर्वाचन – २०७९ को समीक्षा गरिने बताइएको छ ।

निर्वाचन आयोगले प्रदेश र संघको चुनावको मिति तोक्नका लागि सरकारलाई सुझाव दिइसकेको अवस्थामा उक्त चुनावका बारेमा पनि छलफल हुने बुझिएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार