देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

चुनावमा अन्तर्घात गर्ने हरूको नाम संकलन गर्दै काँग्रेस

0

काठमाडौं – नेपाली कांग्रेसले आम निर्वाचनमा अन्तर्घात गर्नेहरूको सूची माग गरेको छ।

कांग्रेस अनुशासन समितिले आइतबार प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पार्टी र गठबन्धनका उम्मेदवारलाई अन्तर्घात गर्नेहरूको सूची माग गरेको हो ।

२०७९ साल मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सन्दर्भमा पार्टीका उम्मेदवार र गठबन्धन दलका उम्मेदवारलाई अन्तर्घात गरी असहयोग गरेको रहेछ भने जिल्ला प्रदेश अनुशासन समितिमा परेका उजुरीलाई विधिवत निर्णय गरी केन्द्रीय अनुशासन समितिमा पठाउन अनुशासन समितिका प्रेम केसीले जारी विज्ञप्तिमा उल्लेख छ।

यदी जिल्ला एवं प्रदेश अनुशासन समिति गठन नभएको अवस्थामा भने तत्काल अनुशासन समिति गठन गरी निर्णयसहित २०७९ पुस १५ गतेभित्र पठाउनुपर्ने विज्ञप्तिमा उल्लेख छ।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार