देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

चुनावमा कुनै हालतमा गठबन्धन गर्न नदिने शेखर–गगनको तयारी

0

काठमाडौं – नेपाली काँग्रेसमा संस्थापन इतर पक्षका नेता डा. शेखर कोइराला र महामन्त्री गगनकुमार थापाले कुनैपनि हालतमा गठबन्धन गर्न नदिने अडान लिएका छन् ।

कांग्रेस एक्लै चुनावमा जानुपर्ने अडान लिइरहेका उनिहरुले सार्वजनिक रुपमै गठबन्धन गर्न नहुने र गठबन्धन गरे कांग्रेसको हालत भारतको काग्रेस आईको जस्तै हुने भनिरहेका छन् ।

प्रधानमन्त्री एवम् सभापति शेरबहादुर देउवाले भने गठबन्धन गरेर जानुपर्ने मत राखिरहेका छन् । अहिले कांग्रेसमा बहुमत सदस्यहरु चुनावी तालमेलकै पक्षमा छन् ।

गठबन्धनमा आवद्ध दलका नेताहरुको मन बिझाउनेगरि कुनैपनि अभिव्यक्ति नदिन सभापति देउवाले कडा चेतावनी दिएका छन् ।

पछिल्लो समय नेता शेखर कोइराला र गगन थापाको समूहले भने गठबन्धन गर्न नहुने भन्दै सोहीअनुसारको तयारी गरेका छन् । उनीहरु अन्तिमसम्म पनि चुनावी गठबन्धन गर्न नदिनेगरि जुटेका छन् ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार