देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

चुनावमा पत्रकारले उम्मेदवारको पक्ष वा विपक्षमा सामाजिक सञ्जालमा लेख्न नपाइने

0

काठमाडौं – आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले जारी गरेको आचारसंहिताले पत्रकारलाई कसैको पक्ष वा विपक्षमा सामाजिक सञ्जालमा लेख्न रोक लगाएको छ।

आचारसंहितको परिच्छेद ७ मा पत्रकारले कसैको पक्ष वा विपक्षमा एसएमएस, फेसबुक, ट्विटर, भाइबर, युट्युब, इन्टाग्रामजस्ता विद्युतीय माध्यम प्रयोग गरी कुनै सामग्री प्रकाशन, प्रसारण वा सम्प्रेषण गर्न रोक लगाइएको हो ।

त्यसैगरी त्यस्ता सामग्री सामाजिक सञ्जालमा शेयर, लाइक, कमेन्ट वा प्रतिकमेन्ट गर्न नहुने व्यवस्था समेत निर्वाचन आचारसंहितामा गरिएको छ।

आचारसंहिताले कुनै राजनीतिक दल, नेता वा उम्मेदवारको दान, उपहार, सहयोग पत्रकारले लिन नहुने तथा कसैको पक्ष वा विपक्षमा समाचार प्रकाशन-प्रसारण गर्न पनि रोक लगाएको छ।

आचारसंहितामा अनलाइन वेबपेजमा राजनीतिक दल वा उम्मेदवारको विज्ञापन गर्न नपाइने उल्लेख छ। यद्यपि, रेडियो र टेलिभिजन र पत्रपत्रिकामा भने निश्चित समय र स्थान तोकेर विज्ञापन गर्न छूट दिइएको छ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार