देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

चुनावी तालमेल गर्ने कि नगर्ने ? २६ गतेसम्म रिपोर्ट बुझाउन निर्देशन

0

काठमाडौं – पाँच दलीय गठबन्धनले चैत २६ गतेसम्म जिल्लाको चुनावी अवस्थाको रिपोर्टिङ गर्न निर्देशन दिएको छ । स्थानीय तहको निर्वाचनमा तालमेल गर जाने निर्णय गरेको गठबन्धनले यस्तो निर्देशन दिएको हो ।

बालुवाटारमा बुधबार रामचन्द्र पौडेलको अध्यक्षतामा बसेको गठबन्धनसम्वद्ध निर्वाचन तयारी तथा अनुगमन समितिको बैठकले चैत २६ गतेभित्रमा देशैभरबाट रिपोर्टिङ बुझाइसक्न निर्देशन दिएको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

ति नेताका अनुसार स्थानिय तहबाट आएको रिपोर्टिङको बिषयमा छलफलका लागी अर्को बैठक २७ गते अर्को बैठक बस्ने उनले जानकारी दिए ।

‘कुन स्थानीय तहमा गठबन्धन आवश्यक छ, कुनमा छैन भन्ने प्रतिवेदन २६ गतेभित्र केन्द्रमा पठाइसक्न निर्देशन दिने समितिले निर्णय गरेको छ’ उनले भने ।

त्यस्तै बैठकले स्थानीय निर्वाचनमा गठबन्धनबाट उम्मेदवार बन्नेहरूको साझा मापदण्ड बनाउने निर्णय गरेको छ । तर, मापदण्ड कस्तो हुने भन्नेमा छलफल सुरु भए पनि टुंगो लागिनसकेको ती नेताले बताए ।

मंगलबार गठबन्धनका शीर्ष नेताहरूले पौडेलको नेतृत्वमा गठन गरेको समितिमा कांग्रेसबाट महामन्त्री गगन थापा र सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की सदस्य छन् ।

त्यस्तै, नेकपा माओवादी केन्द्रबाट वर्षमान पुन र देवप्रसाद गुरूङ, नेकपा एकीकृत समाजवादीबाट महासचिव बेदुराम भुसाल र नेता विजय पौडेल, जसपाबाट वरिष्ठ नेता अशोक राई र मन्त्री रेणु यादव तथा राष्ट्रिय जनमोर्चाबाट हिमाल पुरी सदस्य छन् ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार