देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

चुनावी वाचा पुरा गर्दै बस्नेत, मेलम्चीमा बेलिब्रिज निर्माण गर्न सर्भे

0

काठमाडौं – मेलम्चीमा बेलिब्रिज निर्माण गर्न सर्भे गरिएको छ । सडक डिभिजन कार्यालय चरिकोटबाट आएको टोलिले पुलको सर्भे गरेको हो ।

मेलम्ची तथा इन्द्रावती जोड्नका लागि ६५ मिटर लम्बाई र ५दशमलब ६० मिटर चौडाई पुलको बिहिबार सर्भे गरिएको डिभिजन प्रमुख अर्जुन सुवालले जानकारी दिए । त्यसैगरी मेलम्ची नजिकै रहेको फट्टेमा ८७ मिटर लम्बाई र ७ मिटर चौडाई पुलको पनि सर्भे गरिएको छ ।

२०७९ सालको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा आम नागरीक समक्ष गरेको बाचा पुरा गर्नका लागि काम सुरु गरिएको बागमती प्रदेश सांसद कृष्णकुमार तामाङ ‘समिर’ले जानकारी दिए । सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा नव निर्वाचित संघीय सांसद मोहन बहादुर बस्नेतको पहलमा काम सुरु भएको तामाङले बताए ।

पुर्व सुचना तथा सञ्चार मन्त्री एवं सिन्धुपाल्चोक क्षेत्र नं २ का सांसद बस्नेतले जेठ मसान्तसम्ममा सो स्थानमा बेलिब्रिज निर्माण गरिसक्ने चुनावी अभियानका क्रममा बताएका थिए ।

पक्की पुल बाढिले बगाएपछि मेलम्ची नगरपालिका, ईन्द्रावती गाउँपालिका र पाँंचपोखरी थाङ्पाल गाउँपालिकाका नागरीकले सास्ति भोग्दै आईरहेका थिए । सो पुल बन्दा मेलम्ची, ईन्द्रावती र पाँचपोखरी गाँउपालिकाका नागरीक लाभान्वित हुने छन् ।

तत्कालको लागि बेलिब्रिजको लागि काम सुरु गर्ने र क्रमिक रुपमा पक्कि पुलको काम पनि अगाडि बढ्ने मेलम्ची नगरपालीकाका नगर प्रमुख आइतमान तामाङले बताए ।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार