देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

कोलकत्तासँग चेन्नई १० रनले पराजित

0

एजेन्सी – कोलकत्ता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा तेस्रो जित निकालेको छ । अबुधाबीमा बुधबार चेन्नई सुपर किङ्सलाई १० रनले पराजित गर्दै कोलकत्ताले तेस्रो जित निकालेको हो ।

यो चेन्नईको जारी सिजनमा चौंथो हार हो । जितका लागि १ सय ६८ रनको विजयी लक्ष्य पछ्याएको चेन्नईले २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ५७ रन मात्र बनाउन सक्यो । चेन्नईले सुरुवात राम्रो गरेपनि अन्त्य राम्रो गर्न नसक्दा पराजित हुन पुगेको हो ।

चेन्नईका सेन वाट्सनले ५० रनको अर्धशतकीय इनिङ्स खेले पनि टोलीलाई जित दिलाउन सकेनन् । अम्बाती रायडुले ३० रन जोड्दा फाप डु प्लेसिस र साम करनले १७/१७ रन बनाए । कप्तान महेन्द्र सिंह धोनी ११ रनमा आउट भए । रविन्द्र जडेजा २१ रनमा अविजित रहँदा केदार जाधबले अविजित ७ रन बनाए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको कोलकाता २० ओभरमा अल आउट हुँदै १ सय ६७ रन बनाएको थियो । ओपनर राहुल त्रिपाठीले सर्वाधिक ८१ रनको योगदान दिए । त्रिपाठीले ५१ बलमा ८ चौका र ३ छक्का प्रहार गरे ।

सुनिल नारिनले १७ रन जोड्दा सुबमान गिलले ११ रन बनाए । कप्तान दिनेश कार्तिक १२ रनमा आउट हुँदा पाट कुमिन्सले अविजित १७ रन जोडे । अन्य खेलाडीले भने उलेख्य रन बनाउन सकेनन् ।

जितसँगै कलकत्ता लिगको तेस्रो स्थानमा उक्लिएको छ । कोलकत्ताले ५ खेलमा ६ अंक जोडेको छ । चेन्नईको यो तेस्रो हार हो । ६ खेलमा ४ अंक जोडेको चेन्नई पाँचौ स्थानमा रहेको छ । बिहीबार पुछारमा रहेको किंग्स इलेभेनले छैटौं स्थानको सनराइजर्स हैदराबादसँग खेल्ने छ  ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार