देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

चेन्नाई सुपर किंग्स ६ विकेटले विजयी

0

एजेन्सी – चेन्नई सुपर किङ्सले इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा कोलकाता नाइट राइडर्सलाई पराजित गरेको छ । दुबईमा बिहीबार राति भएको खेलमा चेन्नईले कोलकातालाई ६ विकेटले पराजित गरेको हो ।

कोलकाता चेन्नई सुपर किंग्ससँग पराजित भएसँगै प्ले अफको सम्भावना कठिन बनेको छ । जितका लागि १ सय ७३ रन पछ्याएको चेन्नईले २० ओभरमा ४ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो ।

चेन्नाईको जितमा ऋतुराज गायकवाडले ७२ रन योगदान गरे । शेन वाटसनले १४ र अम्बाती रायडुले ३८ रन बनाए । साम कुरानले १३ र रविन्द्र जडेजा ३१ रनमा नटआउट रहे । १९ ओभरमा चेन्नाईको स्कोर १६३ रन थियो । अन्तिम बलमा जितका लागि १ रन आवश्यक थियो ।

कमलेश नगरकोटीको बलमा जडेजाले छक्का प्रहार गरेर जित दिलाए । जडेजाले ११ बलमा ३१ रन योगदान गरे । यस्तै अम्बाती रायडुले ३८ रन जोड्दा सेन वाट्सनले १४ रन बनाए । कोलकाताका वरुण चक्रवर्ती र पाट कुमिन्सले २/२ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको कोलकाताले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ७२ रन बनायो । कोलकाता ओपनर नितेश राणाले ६१ बलमा १० चौका र ४ छक्का सहित सर्वाधिक ८७ रनको योगदान दिएपनि टोलीको हार टार्न सकेनन् ।

कप्तान इयान मोर्गनले १५ रन जोड्दा रिन्कु सिंहले ११ र सुनिल नारिनले ७ रन जोडे । चेन्नईका लागि लुंगी एनजिडीले २ विकेट लिए । मिचेल स्टानर, कर्ण शर्मा र रविन्द्र जडेजाको नाममा १/१ विकेट रह्यो ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार