देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

चेल्सीसँग आर्सनल २-१ ले पराजित, लिभरपुल शीर्ष स्थानमा कायमै

0

(एजेन्सी) – इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीसँग आर्सनल पराजित भएको छ । आइतबार राति भएको खेलमा चेल्सीले आर्सनललाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

आर्सनलको घरेलु मैदानमा भएको खेलमा चेल्सीले घरेलु टोलीलाई पराजित गरेको हो । चेल्सीलाई जित दिलाउन जोर्गीन्हो र टामी अब्राहमले एक एक गोल गरे । खेलको १३ औं मिनेटमा पिएरे एम्रिक औवामियाङको गोल मार्फत आर्सनलले अग्रता बनाएको थियो । तर, दोस्रो हाफको अन्तिम १० मिनेट भित्र दुई गोल गर्दै चेल्सीले जित निकालेको हो ।

खेलको ८३ औं मिनेटमा जोर्गीन्होले गोल गर्दै चेल्सीलाई खेलमा फर्काए । खेलको ८७ औं मिनेटमा अब्राहमले गोल गर्दै चेल्सीलाई २-१ को जित दिलाए । जितसँगै चेल्सीले २० खेलबाट ३५ अंक जोडेको छ । चेल्सी लिगको चौंथो स्थानमा रहेको छ । २४ अंक जोडेको आर्सनल १२ औं स्थानमा रहेको छ ।

प्रिमियर लिग फुटबलको अर्को खेलमा लिभरपुलले वोल्भरहेम्प्टनलाई १–० गोल अन्तरले पराजित गरेको छ । उपाधि यात्रामा एकल दाबेदारी प्रस्तुत गरेको लिभरपुलले सिजनको अपराजित यात्रालाई १९ औं चरणमा पनि जारी राखेको छ ।

वोल्भरहेम्प्टनलाई हराउँदै लिभरपुलले दोस्रो स्थानको लेष्टर सिटीसँगको अंक दुरी फराकिलो पारेको हो । १९ खेलबाट लिभरपुलको ५५ अंका साथ तालिकाको शीर्ष स्थानमा कायम छ । २० खेल खेलेको लेष्टरको ४२ अंक भएको छ । एन्फिल्डमा लिभरपुललाई साँघुरो जित दिलाउन ४२ औ मिनेटमा सादियो मानेले गरेको गोल निर्णायक बन्यो ।

यस्तै अर्को खेलमा म्याचेष्टर सिटीले सेफिल्ड युनाईटेडलाई २–० ले हराएको हो । सिटीको जितमा सर्जियो अग्युरो र केभिन डी ब्रुईनीले एक एक गोल गरे । जितसँगै लिगको तेस्रो स्थानको सिटीले ४१ अंक जोडेको छ । सिटीले दोस्रो स्थानको लेस्टरसँगको दुरी १ अंकमा झारेको छ । सेफिल्ड २९ अंक सहित आठौं स्थानमा रहेको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

Responses (0 )



















सम्बन्धित समाचार