देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

चेल्सीसँग क्रिस्टल प्यालेस ४-० ले पराजित

0

एजेन्सी – इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले क्रिस्टल प्यालेसमाथि सानदार जित निकालेको छ । शनिबार राति भएको खेलमा चेल्सीले क्रिस्टल प्यालेसलाई ४-० गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा चेल्सीलाई जित दिलाउन जोर्गिन्होले दुई गोल गरे । यस्तै बेल चिलवेल र कुर्ट जौमाले एक एक गोल गरे । स्टामफोर्ड ब्रिजमा पहिलो हाफ गोलरहित बराबरी खेलेको चेल्सीले दोस्रो हाफमा चार गोल गरेको थियो ।

खेलको ५० औं मिनेटमा चिलवेलले गोल गर्दै चेल्सीलाई अग्रता दिलाए । यसै सिजन क्लब आएका चिलवेलको यो चेल्सीका लागि पहिलो गोल हो । खेलको ६६ औं मिनेटमा कुर्टले गोल गर्दा चेल्सीको अग्रता २-० को बन्यो ।

७८ औं मिनेटमा जर्गिन्होले पेनाल्टी मार्फत गोल गर्दै चेल्सीलाई फराकिलो जिततर्फ अग्रसर गराए । त्यसपछि खेलको ८२ औं मिनेटमा जोर्गिन्होले पेनाल्टीबाट व्यक्तिगत दोस्रो गोल गर्दै चेल्सीलाई ४-० को जित दिलाए । जितसँगै चेल्सीले ४ खेलबाट ७ अंक जोडेको छ । समान खेलबाटै क्रिस्टल प्यालेसको ६ अंक रहेको छ ।

शनिबार नै भएको अर्को खेलमा लिड्स युनाइटेडले सुदृढ पुनरागमन रच्दै म्यानचेस्टर सिटीलाई १–१ को बराबरीमा रोकेको छ । एलान रोडमा भएको खेलमा सिटीले रहिम स्टर्लिङको गोलले १७औं मिनेटमा अग्रता लिएको थियो । रोडरिगो मोरेनाले दोस्रो हाफमा बराबरी गोल फर्काए ।

यस्तै अर्को खेलमा कलुम विल्सनको दुई गोलमा न्युकासल युनाइटेडले बर्नर्लीलाई सेन्ट जेम्स पार्कमा ३–१ ले हरायो । बर्नलीको यो लगातार तेस्रो हार हो । क्लब अंकविहीन भएर लिग तालिकाको पुछारतिर छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार