देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

चैत मसान्तसम्ममा मेलम्चीको पानी काठमाडौं पुग्ने

0

सिन्धुपाल्चोक – खानेपानी मन्त्री उमाकान्त चौधरीले सरकारको लक्ष्य अनुसार चैत मसान्तसम्ममा मेलम्चीको पानी काठमाडौ पुग्ने बताएका छन् ।

बिहीवार हेलम्बु –१ मा रहेको मेलम्ची खानेपानीको बाँध स्थल पुगेका मन्त्री चौधरीले तोकिएको समयमा काम सक्न ठेकेदार कम्पनी र सम्बन्धित कर्मचारीलाई निर्देशन दिए ।

उनले प्राबिधिक रुपमा केही कठिनाइ देखा परे पनि त्यसलाइ समाधान गर्दै चैत मसान्तसम्ममा जसरी पनि पानी काठमाडौ पुर्याउने सरकारी लक्ष्य अनुसार काम भइरहेको बताए ।

हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले स्थानिय सरकार पानी पठाउन सदैब तयार रहेको बताउँदै मुहान क्षेत्रको गाउँपालिकालाई सरकारले काठमाडौ पानी पुर्याएर बिक्रि गर्न थालेपछी त्यस्को नाफाको प्रतिशत दिन माग गरेका थिए । शेर्पाले स्थानीय बाढी प्रभावितलाई घर बनाउन सरकारले दिएको पाँच लाख रुपैयाँले नपुग्ने भन्दै रकम थप गर्न सरकारसँग आग्रह गरेका थिए ।

सुरुङ सफा गर्ने क्रममा सुरुङ भित्र सोचे भन्दा बढी लेदो भरिएको पाइएकाले सो सफा गर्ने कार्य भै रहेको ठेकेदार कम्पनी सिनो हाइड्रोका सब कन्टयाक्टर एस के कन्स्ट्रक्सनका एक संचालक कृष्ण कुमार तामाङ ‘समीर’ले जानकारी दिए । लेदो सफा गरेको एक हप्ताजतिमै मेलम्चीको पानी काठमाडौ पुर्याउन सकिने उनले बताए।

काठमाडौं आइसकेको मेलम्ची खानेपानी आयोजनामा गएको बर्खाको बाढीले क्षति पु¥याएको थियो । त्यसपछि यो आयोजना अहिलेसम्म नै ठप्प रहेको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार