देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

चोभार सुख्खा बन्दरगाहको प्रधानमन्त्री देउवाद्वारा उद्घाटन

0

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले चोभार सुख्खा बन्दरगाहले देशको आयात निर्यातलाई थप सहज बनाउने बताएका छन्।

‘अन्तर्राष्ट्रिय व्यापारलाई सहजीकरण गर्न बनेको बन्दरगाह उद्घाटन गर्न पाउँदा खुसी लागेको छ,’ बन्दरगाहको मंगलबार उद्घाटन गरेपछि प्रधानमन्त्री देउवाले भने, ‘बन्दरगाह सञ्चालनमा आएपछि आयातनिर्यातलाई थप सहज बनाउनेछ।’

२२० रोपनी जग्गामा निर्माण गरिएको बन्दरगाहले व्यापारलाई सहजीकरण गर्नुका साथै पारदर्शी बनाउने पनि उनले बताए।  २०७५ सालमा निर्माण थालिएको चोभार सुख्खा बन्दरगाह विश्व बैंकको एक अर्ब ८० करोड ऋण सहयोगमा बनेको हो।

यसको निर्माणको जिम्मा आशिष र साक्षी जोइन्ट भेन्चरले पाएकोमा आशिष कन्स्ट्रक्सन नेपाली कम्पनी थियो भने साक्षी चिनियाँ कम्पनी रहेको थियो।

बन्दरगाहसम्म आउने कन्टेनरमा नाकाको भन्सारले सिल लगाइदिने र जीपीएस सिस्टम जडान गरेर पठाउँछ। यसरी सिल लगाएर र जीपीएस सिस्टम जडान गरेर पठाइएका कन्टेनरहरु सुख्खा बन्दरगाहमा आएपछि सिल र जीपीएस चेक गरेर मात्रै भन्सार पास हुन्छ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार