देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

चोरबाटोबाट अदालत छिरेका प्रधानन्यायाधीश जबरालेतोके आफूबाहेकका १० इजलासमा २७२ मुद्दाको पेशी

0

काठमाडौं – कानून व्यवसायीहरुले मुलढोका छेकेपनी प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा सर्वोच्च अदालतभित्र प्रवेश गरेका छन् ।

नेपाल बार एसोसिएसनका वकिलहरूले उनलाई प्रवेश गर्न नदिनेगरी सर्वोच्चको गेटमा धर्ना दिएपनि उनी वैकल्पिक रुपमा एक नम्बर गेट प्रयोग गरेर सर्वोच्च अदालतभित्र प्रवेश गरेका हुन् ।

एक नम्बर गेटमा प्रहरीले कानून व्यवसायीहरुलाई धर्ना दिन रोक लगाएको छ । कानून व्यवसायीहरू अर्को मुख्य गेटमा धर्नामा बसेका छन् ।

न्यायाधीशहरूको इजलास र कानून व्यवसायीको धर्नाका बावजुद चोरबाटोबाट अदालत छिरेका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आइतबारका लागि १० वटा इजलासमा २७२ थान मुद्दाको पेशी तोकेका छन् ।

शुक्रबारजस्तै आइतबार पनि उनले आफ्ना लागि इजलास तोकेका छैनन् । आइतबारका लागि आठवटा संयुक्त र दुई एकल इजलास तोकिएको छ । न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासमा १२ र टंकबहादुर मोक्तानको इजलासमा १० वटा मुद्दाको पेशी तोकिएको छ ।

संयुक्त इजलासतर्फ न्यायाधीशहरू कुमार रेग्मी र डा. कुमार चुडालको इजलासमा सबैभन्दा बढी ६६ मुद्दाको पेशी तोकिएको छ । आइतबारका लागि बन्दी प्रत्यक्षीकरणका तीन मुद्दा मात्र पेशीमा चढेका छन् ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार