देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

चोरीको आरोपमा काठमाडौंबाट दुई जना पक्राउ

0

(भक्तपुर) – सुनको रिङ चोरी गरेको आरोपमा भक्तपुरबाट दुई जनालाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भक्तपुर सूर्यविनायक नगरपालिका–६ बस्नेहरु सिन्धुपाल्चोक बन्जेमाने–३ घर भएका ३१ वर्षीय बिशाल तामाङ र चौतारा नगरपालिका–२ स्याउले घर भएका ४८ वर्षीय मंगल तामाङ रहेका छन् ।

चाँगुनारायण नगरपालिका–४ छाप बस्ने ४५ वर्षीया महिलाको सुनको रिङ चोरी गरेको आरोपमा उनीहरुलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

ती महिला सोही ठाउँस्थित चिहानडाँडा जंगलमा घाँस काट्न गएको अवस्थामा उनीहरुले कानमा लगाएको सुनको रीङ तानी जंगलै जंगल भागेका थिए ।

महानगरीय प्रहरी प्रभाग साँखु, महानगरीय प्रहरी प्रभाग चाँगुनारायण र स्थानीयबासीको सहयोगमा खोजी गर्ने क्रममा काठमाडौं शंखरापुर नगरपालिका–६ सलम्बुटारमा सुनको रीङ २ थान र खुकुरी सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरु उपर आवश्यक अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार