देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

चौतारा साँगाचोकगढी नगरपालिकामा माओवादी/समाजवादी विजयी

0

काठमाडौं – सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाको अध्यक्षमा माओवादी केन्द्रका कृष्णप्रसाद सापकोटा र उपमेयर पदमा नेकपा एकीकृत समाजवादीका सीता थापा विजयी भएका छन् ।

मेयर पदका माओवादी केन्द्रका उम्मेदवार सापकोटाले ११ हजार ७२ मत र उनका प्रतिस्पर्धी एमालेका इन्द्रबहादुर नेपालले ६ हजार सात सय ८५ मत प्राप्त गरेका छन् ।

यस्तै उपमेयर पदमा एकीकृत समाजवादीका सीता थापाले नौ हजार सात सय २६ मत प्राप्त गरेर विजयी भएकी छन् ।  उनका प्रतिस्पर्धी एमालेकी बालकुमारी सापकोटाले ६ हजार आठ सय ७७ मत प्राप्त गरेकी छन्।

सिन्धुपाल्चोकको सदरमुकाम समेत रहेको यस नगरपालिकामा १४ वटा वडामध्ये माओवादी केन्द्र पाँच, एमाले चार, कांग्रेस चार र एकीकृत समाजवादीले एउटा वडामा जित हात पारेकाे छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार