देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

चौबिसौँ विश्व दुध दिवस किसानले पाएनन् तीन अर्ब ४० करोड भुक्तानी

0

काठमाडौं – आज चौबिसौं विश्व दुध दिवस मनाइँदै छ । विश्वले दुध दिवस मनाइरहेका बेला नेपालका दुध किसानलेभने साढे तीन अर्ब रुपियाँ बक्यौता रकम भुक्तानी पाएका छैनन् ।

विश्वमा दुग्ध क्षेत्रले पोषण तथा खाद्य सुरक्षण एवं जीविकोपार्जनमा पुर्‍याएको योगदानको मनन गर्दै दुधको उपभोगमा वृद्धि गर्ने उद्देश्यले संयुक्त राष्ट्रिय सङ्घको खाद्य तथा कृषि सङ्गठन (एफएओ) ले १ जुन २००१ देखि विश्व दुध दिवस मनाउन सुरु गरेको हो ।

‘दुध तथा दुग्ध पदार्थको सेवन, दुग्ध व्यवसायको प्रवर्धन’ मूल नाराका साथ यस पटक २४ औँ दुध दिवस मनाउन लागिएको हो । नेपालमा विभिन्न कार्यक्रम गरी जेठ १४ गतेदेखि नै यो दिवस मनाउन सुरु गरिएको नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रह्लाद दाहालले जानकारी दिनुभयो । 

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गठन गरेको अध्ययन समितिले तयार पारेको प्रतिवेदन अनुसार दुध किसानलाई तीन अर्ब ४० करोड रुपियाँ भुक्तानी गर्न बाँकी रहेको छ ।

प्रतिवेदन अनुसार डेरी उद्योगीसँग चार अर्ब ६० करोड रुपियाँ बराबरको दुग्धजन्य पदार्थ मौज्दात रहेको छ ।

विश्व दुध दिवसको अवसरमा राष्ट्रिय दुग्ध विकास बोर्ड, नेपाली डेरी एसोसिएनलगायतका सङ्घ संस्थाले संयुक्त रूपमा आयोजना गरेको पत्रकार सम्मेलनमा डेरी उद्योगी एवं बोर्डका सदस्य सुमित केडियाले किसानलाई भुक्तानी गर्न बाँकी रहेको रकम र दुग्धजन्य पदार्थको मौजदात बारेमा अध्ययन गर्न बनाएको समितिले प्रतिवेदन सार्वजनिक गरेको बताए । 

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार