देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

चौरसीया घटनाका दोषिउपर कडा कार्वाहि गर्न अनेरास्वबियु पर्साको माग

0

पर्सा – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को भातृसंगठन अनेरास्ववीयु पर्साले गाँउपालिका सचिव चौरसीयाको घटनामा संलग्न दोषि माथी कडा कार्वाहिको माग गरेको छ ।  अनेरास्वबियु पर्साका सहसंयोजक मित्रदेव यादवले शनिबार एक प्रेस बिज्ञप्ती जारी गर्दै झडपलाई रोक्न पुगेका चौरसीया माथी निर्मम तरीकाको कुटपिटले मृत्यु भएको भन्दै छानबिन गरी दोषिलाई कडा भन्दा कडा कारवाहीको माग गरेका छन ।

विज्ञप्तिमा उनले चौरसीया घटनामा संलग्न जो सुकै भएपनि कुनैपनि बहानामा उम्कन नपाईने चेतावनी दिएका छन । बिहीवार पर्साको विन्दावासनी गाँउपालिका ५ प्रसौनीभाठामा झडपमा परी घाइते भएका चौरसियाको उपचारको क्रममा शुक्रबार मृत्यु भएको हो ।

बिहीवार दिउँसो १२ बजे विन्दावासनी गाँउपालिका शपथ ग्रहण कार्यक्रममा झडप हुदाँ ८ जना घाइते भएको थिए । जसमा ४ जना उपचार गरी घर फर्केका छन्। मुकेशको टाउकोमा गम्भीर चोट लागेको थियो । उपचारको क्रममा नै चौरसीयाको वीरगन्जको एल.एस न्युरो अस्पतालमा शुक्रबार बिहान मृत्यु भएको हो ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार